- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १९ पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्