×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा ५९ जना कोरोना संक्रमित थपिए, पोखरामा ३१ जना संक्रमित फेला

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा ५९ जना कोरोना संक्रमित थपिए, पोखरामा ३१ जना संक्रमित फेला

Artha Sarokar

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गण्डकी
  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरामा ३१ सहित गण्डकी प्रदेशमा थप ५९ संक्रमित थपिएका हुन्  । 
कोरोना संक्रमण पुष्टी  गोरखामा १०, बागलुङमा ९, नवलपुरमा ६, तनहुँमा तीन जना संक्रमित थपिएका हुन् । 
पोखरामा देखिएका संक्रमितमध्ये गण्डकी मेडिकल कलेजमा एक जना बिरामी र पार्कल्याण्ड अस्पतालमा कार्यरत चिकित्सकवाहेक सबै पोखरा फुड्स प्रालिमा कार्यरत कर्मचारी हुन् । पोखरा फुड्मा संक्रमण पुष्टि भएका मध्ये २० पुरुष र ४ जना महिला हुन् ।
निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ६ सय ६० पुगेको छ । प्रदेशमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । गण्डकी प्रदेशमा एक हजार ७ सय ९७ जनाले कोराना संक्रमणलाई जितेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी