×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ४० जना कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

गण्डकी प्रदेशमा थप ४० जना कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गण्डकी प्रदेशमा थप ४० जना कोरोना संक्रमण पुष्टी भएको छ । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
नवलपरासीको गैंडाकोट नगरपालिका–१ मा ४ जना, वडा नं. ५ मा ५ जना, वडा नं. ४ मा २ जना, वडा नं. २ मा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पूर्वी नवलपरासीकै देवचुली वडा नं-७ मा १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
कास्कीको पोखरा महानगरपालिकामा १६ जना संक्रमित फेला परेका छन् । पोखरा महानगरपालिकाको वडा नं-१५ मा कार्यरत ७ जना पुरुषमा संक्रमण पुष्टी भएको छ । यसैगरी वडा नं-७ का १ जना, वडा नं- १२ का १ जना, वडा नं-१० का ३ जना, वडा नं- २७ का २ जना तथा वडा नं-.१४, ५ र ३० का १–१ जनामा संक्रमण पुष्टी भएको छ । लम्जुङ जिल्लाको मध्यनेपाल–१ मा १ जना र राईनाश–९ मा २ जनामा कोरोना पुष्टी भएको छ । 
यसैगरी स्याङ्जाको कालीगण्डकीका १ जना, बाग्लुङको ताराखोला–३ का एक जना र तनहुँको म्याग्देका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: