×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित (विवरणसहित)

Artha Sarokar

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या २ हजार ९ सय ३५ पुगेको छ । आज संक्रमण पुष्टी हुनेमा पूर्वी नवलपरासीको गैंडाकोटमा ६ जना तथा मध्यविन्दु र हुप्सेकोटका १–१ जना छन् । यस्तै लम्जुङको सुन्दरबजार–९ का १६ जना र बेंसिशहर–२ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।स्याङ्जाको पुतलीबजारका ३ जना र बिरुवाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ की २० वर्षीया महिला र वडा नं.९ की ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । साथै तनहुँको भानु नगरपालिकाका १ पुरुषमा पनि संक्रमण देखिएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी