
- अर्थ सरोकार सम्बाददाता
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा तमानखोला गाउँपालिकाका ६ जना महिला र ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले जानकारी दिए ।संक्रमित मध्ये चारजना स्वास्थ्यकर्मी हुन् ।
कन्ट्याक्ट ट्रेसिङबाट १ सय १९ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा ९ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमितलाई जिल्लाको पश्चिममै रहेको बुर्तिबाङ प्राथमिक केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ८ जना पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्