Skip to content
LAXMI SUNRISE BANK

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तनहुँका १७ जना , बागलुङका १४ जना , कास्कीका ४ जना , स्याङ्जाका २ जना र गोरखामा १ जनामा कोरोना संक्रमण देखिएको हो । तनहुँका सबै संक्रमित शुक्लागण्डकी नगरपालिकाका हुन् । बागलुङमा सबै संक्रमित ढोरपाटन नगरपालिका हुन् ।
कास्कीको रुपा गाउँपालिकामा ३ र माछापुच्छ्रे गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका– १ मा २ जना र गोरखाको सिरानचोक गाउँपालिका– ६ मा एक जना संक्रमित भेटिएका छन् । गोरखाका ती संक्रमित ३३ वर्षका पुरुष हालै भारतबाट आई क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK