Skip to content
LAXMI SUNRISE BANK

गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखराका ३१ जनासहित गण्डकी प्रदेशमा थप ६७ जना कोरोना संक्रमण पुष्टी भएको छ । पोखराका ३१ जना,गोरखाका १८, तनहँमा ३ र नवलपरासीका १५ जनामा कोभिड पोजेटिभ देखिएको हो। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६७ जना संक्रमण देखिएको हो। संक्रमण देखिएका सबै मानि कन्ट्र्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ वर्षका दुई जना महिला स्वास्थ्यकर्मी हुन्। 
त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष कोरोना देखिएको हो । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ। अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK