- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । कास्कीमा २१, लमजुङमा १६, बाग्लुङमा ३१ र नवलपरासी पूर्वमा तीन जना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ७४४ पुगेको छ।
संक्रमितमध्ये दुई जना प्रहरी छन् । यस्तै सात जना पोखराको तेर्सापट्टीमा अपार्टमेन्ट निर्माणका कामदार रहेका छन् । यस्तै एक जना लमजुङको मध्यनेपाल–६ का शिक्षक छन् ।