- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखरामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ३ जनामा कोरोना पुष्टी भएको हो । पोखरा महानगरपलिका वार्ड नं ९का ४२ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा कार्यरत छन् ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५८२ जना पुगेको छ ।