×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीर अस्पतालमा गंगामाया अधिकारीको बिचल्ली ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वीर अस्पतालमा गंगामाया अधिकारीको बिचल्ली ! (भिडियो रिपोर्ट)

Artha Sarokar

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सरकारले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि गंगामाया अधिकारीको बिचल्ली भएको छ । सरकारले देशकै पुरानो अस्पताल वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएपछि विगत ९ वर्षदेखि वीर अस्पतालमा रहेकी अधिकारीको विचल्ली भएको हो । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनसनमा रहनुभएका उहाँलाई अस्पताल प्रशासनले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै क्याबिन खाली गर्न भनेको हो ।
पहिलो तलाको क्याबिन नम्बर ७ मा रहेकी अधिकारीले त्यहाँ कोभिडका विरामी बस्ने भएपछि क्याबिन खाली गर्नुपर्ने भएको हो । डाक्टरले कोभिडका विरामी भर्ना गरेपछि स्वास्थ्यको जोखिम हुने भन्दै नबस्न भनेकाले क्याबिन खाली गर्नुपरेको उहाँले बताउनुभयो । काठमाडौंमा आफ्नो बस्ने ठाउँ कतै नभएको उल्लेख गर्दै उहाँले अस्पतालले जहाँ व्यवस्था गर्छ त्यही बस्ने बताउनुभयो । 
अस्पताल प्रशासनले भने राष्ट्रिय ट्रमा सेन्टरमा बस्ने व्यवस्था गरिने बताएको छ । अधिकारीले क्याबिन भएको ठाउँमा खोज्नुभएको अस्पताल प्रशासनले जनाएको छ । तर ट्रमा सेन्टरमा क्याबिन नभएकाले अहिलेसम्म ठाउँको टुंगो लाग्न सकेको छैन । गत हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेपछि अधिकारीलाई ट्रमा सेन्टरमा सार्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । वीर अस्पतालको स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने सरकारले जनाएको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी