×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ आजदेखि बिक्री खुला, न्यूनतम १० कित्ता भर्न पाइने !

अर्थ सरोकार

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार

PRIME CA

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ आजदेखि बिक्री खुला, न्यूनतम १० कित्ता भर्न पाइने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको ३० लाख कित्ता आइपीओमा आजदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको आइपीओ आज असोज ११ गतेदेखि बिक्रि खुला गरेको हो ।
कम्पनीले जारी गरेको कुल आइपिओमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
कम्पनीले जारी गर्ने उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । यो सेयर तोकिएको समयमा सबै बिक्री नभए असोज २५ गतेसम्म भर्न सकिनेछ । बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई तोकिएको छ ।
लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: