×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार

PRIME CA

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

 

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको ३० लाख कित्ता आइपीओमा भर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको आइपीओ (असोज ११ गते)देखि बिक्रि खुला गरेको थियो ।  कम्पनीले जारी गरेको आइपिओमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ भने बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
कम्पनीले जारी गर्ने उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस आइपिओको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ  । लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: