
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महानगरीय प्रहरी वृत बौद्धले बालबालिकाले लगाएका गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो ।
म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लुट्ने गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए । उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु, कपुरधारा, कोटेश्वर, कपन, आरुबारी, महाङ्काललगायतका क्षेत्रलाई लक्ष्य गरी अभियुक्त क्षेत्रीले चोरी गर्दै आइरहेकी थिइन । ती महिलालाई आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्