×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ, को हुन् पक्राउ पर्ने ?

PRIME CA
GLOBAL IME BANK

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ, को हुन् पक्राउ पर्ने ?

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

कंचनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई  शनिबार साँझ पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई सुनका गहनासहित पक्राउ गरेको हो । 
डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: