- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।
कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठले राजिनामा दिएपछि बुढाथोकीले सो जिम्मेवारी पाएका हुन् । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार (आज) नै पदभार ग्रहण गरेका छन् ।