- अर्थ सरोकार सम्बाददाता
गोरखा । गोरखामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार कोरोना संक्रमण हुनेमा गोरखा नगरपालिकाका १६ जना र पालुङटार नगरपालिका २ जना रहेका छन्।
त्यस्तै, गोरखा नगरपालिका–७ मा कन्ट्याक्ट ट्रेसिङका क्रममा एउटै वडामा चार वर्षीय बालिकासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एउटै वडाका १२ जनामा संक्रमण पुष्टि भएपछि विपिचौतारा देखि धारापानी क्षेत्रमा आउजाउमा रोक लगाइएको छ ।