
- अर्थ सरोकार सम्बाददाता
बुटवल । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।देवदह नगरपालिका-९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिए ।
भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भदौ २ गते ग्राण्डी अस्पताल पुर्याइएको थियो । परिवारका ८ जनामा कोरोना संक्रमण भएका मध्ये उनकी श्रीमती र छोराको पनि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घरमा रहेका अन्य ५ जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्