×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट ग्राण्डी अस्पतालमा उपचाररत ६९ वर्षीय वृद्धको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोनाबाट ग्राण्डी अस्पतालमा उपचाररत ६९ वर्षीय वृद्धको मृत्यु

Artha Sarokar

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।देवदह नगरपालिका-९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिए ।
भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भदौ २ गते ग्राण्डी अस्पताल पुर्‍याइएको थियो । परिवारका ८ जनामा कोरोना संक्रमण भएका मध्ये उनकी श्रीमती र छोराको पनि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घरमा रहेका अन्य ५ जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १९ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी