×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीको कर कार्यालयबाट एक महिनामा ३ करोड बढी राजस्व संकलन, ३ सय ५० जनाले लिए व्यक्तिगत प्यान नम्बर

PRIME CA

गुल्मीको कर कार्यालयबाट एक महिनामा ३ करोड बढी राजस्व संकलन, ३ सय ५० जनाले लिए व्यक्तिगत प्यान नम्बर

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । करदाता सेवा कार्यालय गुल्मीले एक महिनाको अवधिमा ३ करोड  बढी राजस्व संकलन गरेको छ । गुल्मीको सदरमुकाम तम्घासको करदाता सेवा कार्यालयले ३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको हो । करदाता सेवा कार्यालय गुल्मीमा एक महिनाको अवधिमा १ सय ५० वटा व्यवसाय आयकरमा र ३० वटा भ्याटमा दर्ता भएका छन् ।
७ सय व्यवसायको अन्तर मूल्य नवीकरण भएको कार्यालय प्रमुख विनोदकुमार माझीले बताए । व्यक्तिगत प्यान नम्बर ३ सय ५० जनाले लिएका छन् । एक महिनाको अवधिमा ३ सय जनाले कर चुक्ता गरेका छन् । यो कार्यालयबाट कर संकलन, खाता प्रमाणित, मूल्य अभिवृद्धि करमा दर्ता, कारोबार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा दिँदै आएको छ । करसम्बन्धी काम गुल्मीमा हुन थालेसँगै यहाँका व्यवसायीलाई पाल्पा र बुटवल जानपर्ने बाध्यताको अन्त्य भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: