
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख ९० हजार १४ कित्ता सेयर आज मंगलबार (१३ गते) बाट लिलामीमार्फत बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता सेयर बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ ।
बैंकको यो सेयरमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन पाउने छन्। यसमा संस्थापकसहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन्। कम्पनीले उक्त सेयर असोज १९ गतेसम्म लगानीकर्ताले बोलकबोल माध्यमबाट आवेदन दिन सकिनेछ।
यसमा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी महेन्द्रनगरका कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट समेत आवेदन दिन पाइनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्