
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामीमा आउने भएको छ । कम्पनीले संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो ।
कम्पनीको उक्त सेयर लिलामी असोज १३ गतेदेखि असोज १९ गतेसम्म बिक्री खुल्ला हुने छ। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० अंकले भाग जाने संख्यामा वा बिमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी महेन्द्रनगरका कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट समेत आवेदन दिन पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्