
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँ उपत्यकामा फुटपाथ तथा ठेलामा हुने व्यापार पूर्णरुपमा बन्द गर्नुपर्ने माग गरिएको छ । शुक्रबार काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले फुटपाथ तथा ठेलामा हुने व्यापार पूर्णरुपमा बन्द गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानकर्षण पत्र बुझाएकी हुन् ।
खड्कीले ठेला र फुटपाथमा संचालन हुने पसलाई पूर्ण निषेधाज्ञा लगाउनु पर्ने माग राखेकी हुन् । यसो त भदौ २४ गते काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै ठेला तथा फुटपाथ पसललाई संचालन गर्न दिने निर्णय गरेको थियो ।
तर यस्ता प्रकृतिका पसललाई संचालनमा ल्याउँदा कोरोना संक्रमण फैलिने र कन्ट्रायक्ट ट्रेसिङमा समस्या देखिने भन्दै रोक लगाउनु पर्ने माग सहितको ध्यानकार्षण पत्र उपमेयरले सीडीओलाई बुझाएकी हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्