×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा थप एक साता निषेधाज्ञा गर्न स्वास्थ्य मन्त्रालयको सुझाव, जोर–बिजोर प्रणाली लागु गर्न नगर फोरमको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उपत्यकामा थप एक साता निषेधाज्ञा गर्न स्वास्थ्य मन्त्रालयको सुझाव, जोर–बिजोर प्रणाली लागु गर्न नगर फोरमको माग

Artha Sarokar

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दिनानुदिन कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो । विगत तीन सातादेखि जारी लकडाउन आज (बुधबार ) राति १२ बजेदेखि सकिदै छ । 
मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) प्रमुख डा. गुणराज लोहनीले पनि जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताए । उनका अनुसार अहिले पूर्ण रुपमा लकडाउन खोलिदिँदा अस्पताल र चिकित्सकहरुलाई संक्रमित व्यवस्थापन गर्न गाह्रो पर्न सक्छ । उपत्यका नगरपालिका फोरमले सीमाबाट प्रवेश गर्ने नाकामा कडाइ गर्ने र जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ । उसले यसअघि जस्तै निजी सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।
तर कतिपय विज्ञहरुले भने निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । उनीहरुले जारी निषेधाज्ञालाई खुकुलो बनाइ जनजीवनलाई सामान्य बनाउनसमेत अनुरोध गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी