×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सक्रिय संक्रमित २५ हजार नाघेमा फेरि लकडाउन गरिने’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘सक्रिय संक्रमित २५ हजार नाघेमा फेरि लकडाउन गरिने’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
२५ हजार बढी संक्रमित भए देशमा अहिले रहेको अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने देखिएकोले फेरी लकडाउन गर्न सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयले बुधबारको अपडेट अनुसार देशभर अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ । साथै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय अझै एक महिना बन्द गर्न पनि सिफारिस गरेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: