×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत, दिउँसो एक बजेदेखि बेलुका सात बजेसम्म मात्रै गर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत, दिउँसो एक बजेदेखि बेलुका सात बजेसम्म मात्रै गर्न पाइने

Artha Sarokar

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । आजदेखि लागू हुने होम डेलिभरी सेवा दिउँसो एक बजेदेखि बेलुका सात बजेसम्म मात्रै गर्न पाइने छ । सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र त्यसको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख गरिएको छ ।
वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ । सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने छ । सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने जनाइएको छ । साथै सेवा लिने व्यक्तिको नाम, ठेगाना र फोन नम्बर अनिवार्य लिनुपर्नेछ । विषयमा स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने र मापदण्ड विपरीत भए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । यो मापदण्ड काठमाण्डौ उपत्यकाको तीनै जिल्लामा लागू हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी