- अर्थ सरोकार सम्बाददाता
झापा । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत एक चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना पुष्टी भएपछी उक्त अस्पताल सिल गरिएको छ ।
विर्तामोड नगरपालिकाले मापदण्ड अनुसार संक्रमितको संम्पर्कमा आएकाहरुलाई क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गर्ने, संक्रमितको परिवारलाई होम क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गर्ने, अस्पतालका संक्रमित कर्मचारीहरुलाई अस्पतालकै आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाएको छ । अस्पतालको अत्यावश्यक स्वास्थ्य सेवा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको मापदण्डमा रहेर संचालन गर्ने निर्णय गरिएको छ ।