×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय नगरपालिकामा कोरोना रोकथाम र नियन्त्रणमा ७५ लाख बढी खर्च

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सूर्योदय नगरपालिकामा कोरोना रोकथाम र नियन्त्रणमा ७५ लाख बढी खर्च

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इलाम
  • अर्थ सरोकार सम्बाददाता 
इलाम । इलामको सूर्योदय नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैयाँ खर्च गरेको छ । नगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोषमार्फत असार मसान्त सम्ममा क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामग्री खरीद, राहत वितरण, क्वारेन्टाइनमा बस्नेलाई खाना खर्च, यातायातमा ७५ लाख ६६ हजार ७ सय ८ रुपैयाँ खर्च भएको नगर प्रमुख रणबहादुर राईले जानकारी गराए । नगरले कवारेन्टाइनमा बसेको व्यक्तिका लागि औषधि ११ हजार ९४ रुपैयाँ खर्च भएको देखाएको छ । 
उक्त अवधिमा नगरले निर्माण गरेका क्वारेन्टाइनमा ६ सय ८२ जना बसेको फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय इलाम, नगरका जनप्रतिनिधि, कर्मचारी, र विभिन्न संघ संस्था तथा व्यक्तिबाट गरी ८७ लाख ९ हजार २७ रुपैयाँ जम्मा भएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: