×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा एकैदिन कोरोनाका कारण १ हजार बढीको मृत्यु, नयाँ संक्रमित कति फेला परे ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतमा एकैदिन कोरोनाका कारण १ हजार बढीको मृत्यु, नयाँ संक्रमित कति फेला परे ?

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक हजार १३३ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२ हजार ८४३ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७५ हजार ८०९ नयाँ संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको यो संख्या पछिल्लो एक सातायताकै कम हो । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख ८० हजार ४२३ पुगेको छ । जसमध्ये अहिलेसम्म ३३ लाख २३ हजार ९५१ संक्रमित निको भइसकेका छन् । अझै आठ लाख ८३ हजार ६९७ संक्रमित निको हुन बाँकी छन् । कोरोना भाइरसको संक्रमित संख्याको आधारमा भारत विश्वमै दोस्रो बढी प्रभावित मुलुक हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: