×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा लगातार दोस्रो दिन ११ सयभन्दा बढी संक्रमितको मृत्यु, नयाँ संक्रमित कति थपिए ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतमा लगातार दोस्रो दिन ११ सयभन्दा बढी संक्रमितको मृत्यु, नयाँ संक्रमित कति थपिए ?

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोनाका कारण लगातार दोस्रो दिन ११ सयभन्दा बढिको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक हजार ११५ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार एक हजार १३३ जनाको मृत्यु भएको थियो । यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७३ हजार ८९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ८९ हजार ७०६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार १२९ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका ३३ लाख ९८ हजार ८४५ संक्रमित निको भएर घर फर्किसकेका छन्  । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: