
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या ४२ लाख चार हजार ६१४ पुगेको छ । पछिल्ला २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार ८०२ नयाँ संक्रमित थपिएका हुन् । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १६ जनाको मृत्यु भएको हो ।
मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा नै छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका ३२ लाख ५० हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा अहिले आठ लाख ८२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् । कोरोनाबाट संक्रमित हुने मानिसको संख्याको आधारमा भारत विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । संक्रमित संख्याको आधारमा ब्राजिललाई पछि पार्दै भारत दोस्रो स्थानमा उक्लिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्