×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा एकै महिना २० लाख संक्रमित थपिए, दैनिक ८४ प्रतिशतले वृद्धि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतमा एकै महिना २० लाख संक्रमित थपिए, दैनिक ८४ प्रतिशतले वृद्धि

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी । भारतमा अगस्ट महिनाभर झन्डै २० लाखमा संक्रमण देखिएको छ । कोभिड–१९ को महामारी सुरु भएयता कुनै पनि देशमा एकै महिना यति धेरै मानिसमा संक्रमण भएको यो नयाँ रेकर्ड हो । अगस्टमा यहाँ सर्वाधिक धेरै २८ हजार मानिसको कोरोनाकै कारण ज्यान गयो । भारतमा अहिलेसम्म ३६ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये भारत तेस्रो नम्बरमा छ । 
सरकारले अर्थतन्त्र प्रवद्र्धन गर्न अहिले कडाई खुकुलो गरिरहेको छ, मार्चमा लकडाउन सुरु गरेयता करोडौंले रोजगारी गुमाएका थिए । अगस्टमा भारतमा औसत प्रतिदिन ६४ हजारमा संक्रमण देखियो अर्थात् जुलाईको तुलनामा औसत दैनिक संक्रमण ८४ प्रतिशतले वृद्धि भयो । 
जबकी, यही समय अमेरिकामा प्रतिदिन औसत ४७ हजारमा संक्रमण देखियो । परीक्षण क्षमतामा वृद्धी र ग्रामिण क्षेत्रमा समेत कोरोनाको संक्रमण फैलिएकाले संक्रमितको संख्या ह्वात्तै बढेको हो । 
चारवटा राज्य उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिसामा संक्रमण ह्वात्तै बढेपछि संघीय सरकारले नै कोरोना नियन्त्रणका लागि टोली पठाउनुपरेको स्थानीय मिडियाले बताएका छन् । आर्थिक रुपमा सुविधा सम्पन्न महाराष्ट्र राज्य कोरोनाको इपिसेन्टर बनेको छ, यहाँ झन्डै ८ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 
परीक्षण क्षमता ह्वात्तै बढाएपनि अझै भारतको परीक्षण दर कम छ । यहाँ प्रति १० लाखमा झन्डै ३२ हजारको परीक्षण गरिएको छ । यसका बाबजुद भारतमा निको हुनेको संख्या भने राम्रो छ । पहिचान भएका झन्डै १ सय संक्रमितमध्ये ७७ जना निको भएका छन् । त्यस्तै, मृत्युदर कम छ । यहाँ मृत्यु दर २ प्रतिशतभन्दा कम छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: