×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

GLOBAL IME BANK

भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार ५१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८६ हजार ५०८ नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९१ हजार १४९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट एक हजार १२९ जनाको मृत्यु भएको छ । भारतमा ४६ लाख ७४ हजार ९८८ संक्रमित निको भइसकेका छन् । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: