- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९७ हजार नाघेको छ । हालसम्ममा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार ४९७ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट एक हजार १७९ जनाकाृ मृत्यु भएको हो ।
त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६२ लाख २५ हजार ७६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८० हजार ४७२ नयाँ संक्रमित थपिएका हुन् । अहिलेसम्म भारतमा ५१ लाख ८७ हजार ८२६ संक्रमित डिस्चार्ज भइसकेका छन् ।