×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा एकैदिन ९५ हजार बढी कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतमा एकैदिन ९५ हजार बढी कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या कति ?

Artha Sarokar

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९५ हजार ७३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एकैदिन सबैभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् । बुधबार भारतमा ११ लाख २९ हजार ७५६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको थियो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १७२ जनाको मृत्यु भएको हो । भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी