×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा पछिल्लो २४ घण्टामा ९७ हजार बढी नयाँ कोरोना संक्रमित थपिए, कति पुग्यो संक्रमितको संख्या ?

GLOBAL IME BANK

भारतमा पछिल्लो २४ घण्टामा ९७ हजार बढी नयाँ कोरोना संक्रमित थपिए, कति पुग्यो संक्रमितको संख्या ?

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९७ हजार ८९४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा करोना संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८३ हजार १९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १३२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ४० लाख २५ हजार ८० संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० लाख नौ हजार ९७६ संक्रमित निको हुन बाँकी छन् । भारत अमेरिकापछि कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: