×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा ५० लाख बढी कोरोना संक्रमित निको भएर घर फर्किए

LAXMI SUNRISE BANK

भारतमा ५० लाख बढी कोरोना संक्रमित निको भएर घर फर्किए

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । भारतमा झन्डै ५० लाख कोरोना सङ्क्रमित निको भएका छन् । भारतीय सरकारले पछिल्लो समय निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो ।
यस्तै भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका सङ्क्रमितहरु निको भएका बताएको छ । सो मन्त्रालयले गएको जुन महिनाको ३० तारिखमा मात्र यहाँका १ लाख मात्र नागरिक निको भएको तथ्यांक रहेकोमा अहिले सो संख्या ५० लाख पुगेको जनाएको छ ।
मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा जनाइएको छ । उक्त विज्ञप्तिका अनुसार भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् । स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनहरुमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरेका कारण निको हुने दर बढेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी