×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत सरकारले नेपाललाई दियो २ हजार भाइल रेमडेसिभिर औषधि, राजदूत क्वात्राले गरे हस्तान्तरण !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारत सरकारले नेपाललाई दियो २ हजार भाइल रेमडेसिभिर औषधि, राजदूत क्वात्राले गरे हस्तान्तरण !

Artha Sarokar

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतले कोभिड १९ विरुद्धको उपचारमा आवश्यक पर्ने दुई हजार भाइल रेमडेसिभिर औषधी नेपाललाई दिएको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई रेमडेसिभिर औषधी हस्तान्तरण गरेका हुन्।
कोभिड-१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारतले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको हो । यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड-१९ टेष्ट कीट (आरटी-पीसीआर) र श्रावण २५ गते आईसीयू भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री भारतले सहयोग गरेको थियो ।
अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो। चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी