×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गर्ने जगदम्बा स्टील र मंगला सिमेन्ट विभागको कारबाहीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गर्ने जगदम्बा स्टील र मंगला सिमेन्ट विभागको कारबाहीमा

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टील र मंगला सिमेन्टलाई कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गर्ने दुवै उद्योगमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
दुवै उद्योगबाट उत्पादित वस्तुको नमूना संकलन गरि विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरुप नपाइएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो । शुक्रबार बसेको विभागको निर्णयले नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडी बढाईएको विभागले जनाएको छ । 
जगदम्बा स्टिलको कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेको र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ । यस्तै मंगला सिमेन्टको उत्पादनमा कम्प्रसिभ स्ट्रेन्ज न्यूनतम १६ एमपिएदेखि २२ एमपिए हुनुपर्नेमा न्यूनतम १४ एमपिएदेखि १९ एमपिएसम्म पाइएको विभागको जनाएको छ ।
यी दुवै उद्योगको उत्पादन गुणस्तरचिन्ह ऐन २०३७ तथा नियमावली २०४० को नियम(१६) अनुसार नभएकाले कानुनअनुसार जगदम्बा स्टिललाई १६ एमएम साइजको छडको इजाजत तत्काल स्थगन गर्ने र करिब ३०० टन उत्पादन विभागको प्रतिनिधिको रोहोबरमा स्क्राप गरी विक्री वितरण रोक्का गर्ने निर्णय गरेको गरिएको छ भने मंगला सिमेन्टलाई उल्लेखित व्याचको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता ल्याउन र पीपीसीको बिक्री बन्द गर्न भनिएको छ । साथै १५ दिनभित्र विभागमा स्पष्टीकरण पेश गर्नसमेत भनिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: