Skip to content
LAXMI SUNRISE BANK

गुणस्तरहीन प्रमाणित भएपछि जगदम्बा स्टिल्स् बिक्रीमा बन्देज, प्रयोग गरिसकेकाहरुलाई तनाव !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलले उत्पादन गरेको जगदम्बा डण्डी बिक्रीमा बन्देज लगाएको छ । उक्त डण्डी  गुणस्तरहीन रहेको भन्दै सरकारले बिक्रीमा बन्देज लगाएको हो । 
नेपाल गुणस्तर तथा नापतौल विभागले सो कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० रड बिक्रीवितरण नगर्न निर्देशन दिएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड विपरित र गुणस्तरमा बेवास्ता गरेको पाइएपछि बिक्रीमा रोक लगाउनु परेको बताएका छन् । बजारमा बिक्री गरी पठाईएका रडसमेत फिर्ता ल्याउन भनिएको उनले बताए । गुणस्तरहीन प्रमाणित भएपछि उक्त डण्डी खरिद गरी प्रयोग गरिसकेकाहरुलाई भने तनाव भएको छ । 
विभागले कम्पनीलाई १५ दिनभित्र थप स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ। ‘नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावली २०४० को नियम (१६) अनुसारको कारबाही किन नगर्ने ? कुनै कारण भए १५ दिनभित्र आफ्नो सफाइको सबुत प्रमाण तथा सुधारका लागि सही कार्यसहित विभागमा पेस गर्नू,’ विभागको स्पष्टीकरण पत्रमा उल्लेख छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK