- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरुमा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले यस्तो बताएका हुन् ।
नाकामा कडाई नहुँदा उपत्यका भित्रिने र बाहिरिने क्रम नरोकिएकाले कोरोना संक्रमतिको संख्या दिनदिनै बढिरहेको बताउँदै सीडीओ दाहालले मानिसहरुलाई घरभित्र थुनेर पनि समस्याको समाधान नहुने उनले बताएका हुन् । उपत्यका भित्रिने र बाहिरिने मानिसहरुको व्यवस्थापनका लागि उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने उनले बताए ।
लामो समयको लकडाउन, तीन सातादेखिको निषेधाज्ञाका कारण काठमाडौंका मानिसलाई भोकको चिन्ताले सताइरहेकाले यस्तो अवस्थालाई धेरै दिन लम्ब्याउन नसकिनेसमेत उनको बताए ।