- अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोरोना संक्रमणबाट विराट शिक्षण अस्पताल बुढीगंगाको आइसोलेनमा एक संक्रमितको भएको छ । झापा भद्रपुर १० का ८६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका उनलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको हो ।
उनलाई ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या रहेको थियो । अस्पतालले मृतकको शव नियमअनुसार व्यवस्थापन गरिने जनाएको छ ।