×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापामा एकै परिवारका १४ वर्षीय बालकसहित ११ जनामा कोरोना संक्रमण पुष्टी

GLOBAL IME BANK

झापामा एकै परिवारका १४ वर्षीय बालकसहित ११ जनामा कोरोना संक्रमण पुष्टी

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा
  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कन्काई नगरपालिका वडा नम्बर ३ को एक परिवारका १४ वर्षीय बालकदेखि ८४ वर्षीया वृद्धासम्मका ११ जनालाई कोरोना संक्रमण भएको हो ।
नगरपालिकाको कोरोना सूचना डेस्कका अनुसार नगरपालिकाकै कर्मचारी हुन् । कर्मचारीमा संक्रमण देखिएपछि परिवार सदस्यमा पनि कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको हो । सबैलाई होम आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ । झापामा हालसम्म ७१३ जना संक्रमित भेटिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: