×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसिड पीडित ३ युवती बने बैंकर, कुमारी बैंकले दियो जागिर…

PRIME CA
GLOBAL IME BANK

एसिड पीडित ३ युवती बने बैंकर, कुमारी बैंकले दियो जागिर…

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । एसिड आक्रमणमा परी पीडित बनेका युवतीहरुले कुमारी बैंक लिमिटेडमा रोजगारी पाएका छन् ।  बैंकले एसिड पीडित दुई जना युवतीलाई उपत्यका र एक जनालाई मकवानपुरको हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो ।
एसिड अपराधविरूद्ध क्रियाशिल उज्जवलविक्रम थापाका अनुसार हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरलाई कुमारी बैंकले रोजगारी दिएको हो ।
थापाले बैंकले उनीहरुलाई ‘मार्केटिङ अफिसर’को रुपमा रोजगारी दिएको बताए । असोज १ गतेबाटै गणना हुने गरी उनीहरुले रोजगारी पाएका हुन् । बैंकमा सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: