
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एसिड आक्रमणमा परी पीडित बनेका युवतीहरुले कुमारी बैंक लिमिटेडमा रोजगारी पाएका छन् । बैंकले एसिड पीडित दुई जना युवतीलाई उपत्यका र एक जनालाई मकवानपुरको हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो ।
एसिड अपराधविरूद्ध क्रियाशिल उज्जवलविक्रम थापाका अनुसार हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरलाई कुमारी बैंकले रोजगारी दिएको हो ।
थापाले बैंकले उनीहरुलाई ‘मार्केटिङ अफिसर’को रुपमा रोजगारी दिएको बताए । असोज १ गतेबाटै गणना हुने गरी उनीहरुले रोजगारी पाएका हुन् । बैंकमा सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्