×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणको दर बढेपछी बर्दियामा फेरी जोर-बिजोर प्रणाली लागु हुने, पाँचभन्दा बढी व्यक्ति भेला हुन नपाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोरोना संक्रमणको दर बढेपछी बर्दियामा फेरी जोर-बिजोर प्रणाली लागु हुने, पाँचभन्दा बढी व्यक्ति भेला हुन नपाइने !

Artha Sarokar

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । कोरोना सङ्क्रमण दर दिन प्रतिदिन बढेपछी प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
जोर बिजोर प्रणालीसँगै जिल्लाका सबै पसलहरू शनिबार पूर्णरूपमा बन्द गर्ने र अन्य दिनमा बिहानको १० बजेदेखि बेलुका ५ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै सेवा प्रवाह गर्ने सरकारी तथा गैरसरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूले गर्ने कार्यक्रममा रोक लगाइएको तथा समूह गठन गर्न र पाँचभन्दा बढी व्यक्ति भेला नहुन सूचनामार्फत आग्रह गरिएको प्रजिअ अधिकारीले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी