
- अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढीमा ७५ हजार नगद सहित नौं जना जुवाडे पक्राउ परेका छन । उपमहानगरपालिकाको वडा नम्बर २ बोगटी चोक स्थित कृष्ण सिंहको घर कोठामा जुवातास खेलिरहेका नौं जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का पवन भाट, सोही ठाउँका नितु चन्द, दिल बहादुर सिंह, शेर बहादुर साउद र कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ९ का राम बहादुर ऐर रहेका छन ।
यस्तै कञ्चनपुरको भिमदत नगरपालिका वडा नम्बर ६ का जनक राज जोशी, बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर ४ का नरेन्द्र मल्ल, सोही ठाउँका मिलन भण्डारी, चुरे गाउँपालिका वडा नम्बर ३ का नर बहादुर धामी रहेका छन । उनीहरुको साथबाट नगद ७५ हजार २१० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्