×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा २ लाख नगदसहित १९ जुवाडे पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कञ्चनपुरमा २ लाख नगदसहित १९ जुवाडे पक्राउ

Artha Sarokar

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । कञ्चनपुरमा २ लाख बढी नगदसहित १९ जुवाडे पक्राउ परेका छन् । जिल्लाको शुक्लाँफाटा नगरपालिका ११ लोहरपुस्थित प्रहरीले जुवा खेलीरहेको अवस्थामा नगद २ लाख ४४ हजारसहित १९ जना जुवाडे पक्राउ गरेको हो । 
स्थानीय डबल बहादुर ऐरको एक तले खाजा घरबाट गएराती करिब १० बजेतीर नगद २ लाख ४४ हजार एक सय ८० रुपैयाँ सहित १९ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा राती साढे बजे उनीहरुले नगद पैसासहित जुवा खेलिरहको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपि अमर बहादुर थापाले जानकारी दिनुभयो । 
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी थापाक्षेत्रीले बताउनुभयो । उनीहरुमाथी जुवा ऐन अन्तर्गत कारवाहि हुने उहाँको भनाई रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी