
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालको चर्चित उद्यमी समूह ज्योति ग्रुपमा दाजुभाइको झगडा सतहमा आएको छ । यसैबीच केहि समयअघि पत्रपत्रिकामा ज्योति ग्रुपको नव नियुक्त अध्यक्ष रुप ज्योति भन्दै ज्योति समूहले प्रकाशित गरेको बधाईवाला विज्ञापनसमेत गैरकानुनी भएको पाइएको छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको कम्पनी रजिष्ट्रारको कार्यालका केहि डकुमेन्टहरुले यसको पुष्टि गर्दछ । ज्योति ग्रुपअन्तर्गत हिमाल आइरन एन्ड स्टिल, हिमाल एन्ड कम्पनी, म्यानेजमेन्ट सर्भिस, स्याकार कम्पनी, ज्योति एन्ड कम्पनी, स्यामकापु एन्ड कम्पनीलगायतका प्राइभेट कम्पनी रहेका छन् । कम्पनी रजिस्टर कार्यालयले भाद्र २ गते ज्योति ग्रुपअन्तर्गतका सबै निजी कम्पनीमा पत्र काट्दै एक साताभित्र यथार्थ जानकारी दिन र सो नगरे कम्पनी रजिस्टार कार्यालयले कम्पनी ऐन २०६३ बमोजिम कारबाही हुने जनाएपछी विवाद झन् सतहमा आएको हो ।

दाजु पद्म ज्योतिले कानुनविपरीत आफूलाई हटाइएको गुनासो गरिरहेका बेला कम्पनी रजिष्टारको कार्यालय पनि दाजुकै पक्षमा देखिएको छ । भदौ २९ गते भाइलाई नवनियुक्त अध्यक्ष भनेर पत्रिकामा बधाई नै छापिएपछी दाजु पद्म ज्योति रिसाएका छन् । स्रोतका अनुसार भाइले आफूलाई कुनै जानकारी नै नदिई अध्यक्ष घोषणा गरेर प्रचारबाजी गर्दै ज्योति ग्रुपको अध्यक्ष लेख्न थालेपछि अहिले दाजुभाइबीच बोलचाल नै बन्द भएको छ । ‘कम्पनी रजिस्टार कार्यालयले यही साउन १८ गते भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स लिमिटेड पब्लिक कम्पनी भइसकेको कारण त्यसको अध्यक्ष परिवर्तन गर्न विशेष साधारण सभा बोलाउन १५ दिनअगावै राष्ट्रिय दैनिकमा दुई पटक सूचना जारी गर्नुपर्ने, तर त्यो विधि नपुगेको जनाएको छ । विधि मिचेर मनोमानी ढंगले आफुले आफुलाई अध्यक्ष घोषणा गरेर हुन्छ ?’ दाई पक्षको दाबी छ ।



रुप ज्योति र पद्म ज्योतिका आ-आफ्नै दाबी !
यसो त रुप ज्योतिका कानुनी सल्लाहकार ठाकुर पोखरेल भने भाजुरत्न इन्जिनियरिङ पब्लिक कम्पनी भएकोले विशेष साधारण सभा बोलाउन १५ दिनअगावै सूचना प्रकाशित गर्नुपर्ने भएपनि अन्य कम्पनी निजी कम्पनी भएकाले सो विषय वा सन्दर्भ लागु नहुने ठोकुवा गर्छन् । कम्पनी ऐनको दफा ८६ को उपदफा ४ अनुसार निजी कम्पनीले सञ्चालकहरुको ५१ प्रतिशत बहुमत पुर्याएर कुनै पनि सञ्चालकलाई अध्यक्ष चयन गर्नसक्ने प्रावधान रहेको बताउँछन्। यता पद्म ज्योतिले कम्पनी ऐनअनुसार अध्यक्षले बैठक बोलाउनुपर्ने दाबी गर्छन् । ‘ प्रक्रिया नै गलत भयो । अहिलेको न त मैले साधारण सभा बसेको देखेको छु, न मलाई कुनै जानकारी नै छ । यो गलत प्रक्रिया हो ।’ पद्म ज्योतिले भने, ‘मैले पनि पत्रिकाबाट सबै कुरा थाहा पाएँ। यस्तो पनि हुँदो रहेछ भनेर मसमेत अचम्ममा छु ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्