
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतका एक कैदीबन्दीको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत सुर्खेतका गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताएका हुन् ।
उनीमा लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको थियो । भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए ।
दीर्घरोगी भएका कारण सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जानकारी दिइन् । अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्