×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल नपाउने चिन्ताले सुदूरपश्चिमका किसानहरूलाई पनि सतायो, भन्छन् ‘धान उत्पादन नै नहुने हो की भन्ने चिन्तामा छौं’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मल नपाउने चिन्ताले सुदूरपश्चिमका किसानहरूलाई पनि सतायो, भन्छन् ‘धान उत्पादन नै नहुने हो की भन्ने चिन्तामा छौं’ (भिडियो)

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
धनगढी । सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ । संकटको बेलामा सहजै मल नपाउँदा किसानहरु झनै समस्यामा परेका छन् । मल नपाउँदा धान उत्पादन नै नहुने हो की भन्ने चिन्तामा किसानहरु छन् ।
धान बालिमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन्। धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई यतिबेला सास्ती छ । एकातिर कोरोना भाइरस संक्रमणको जोखिम अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ । मल किन्न बिहानै देखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकि नै बनेको छ । कोभिड १९ संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल नपाउने चिन्ताले सताएको छ । 
अहिले मल आपूर्ती गरिरहेका कुनै निकायमा मलको मौज्दात छैन । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका कार्यालय प्रमुख केशवप्रसाद पाण्डेले साल्ट ट्रेडिङले आपूर्तिको ३० प्रतिशत जिम्मा पाएपनि अहिले धनगढी शाखामा मलको मौज्दान शुन्य भएको बताउनुभयो । उहाँले विरगंजमा ३४ हाजार मेट्रिकटन युरीया आएको र त्यसमध्ये १० प्रतिशत (३ हजार २ सय मेट्रिकटन) सुदूरपश्चिम प्रदेशको लागि छुट्याइएको बताउनुभयो । उक्त मल अहिले सम्म ७ सय मेट्रिकटन मल आइसकेको र बाँकी मल आउने क्रममा रहेकाले किसानलाई सकेसम्म सहज वातावरण्मा मल उपलब्ध गराउन लागिएको बताउनुभयो । 
मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ । तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात शून्य छ । जसका कारण पनि किसानहरुले मल पाउन सकेका छैनन् । यसरी किसानहरूले समयमै मल र बिउ नपाउने समया नयाँ होइन । यो समस्या हरेक वर्ष देखिदै आएको छ । सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिदा किसानहरु कोभिड १९ संक्रमणको जोखिम मोलैरै मलको खो िजगर्न बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले भने कोभिड १९ संक्रमणको प्रतिकुल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको दावी गर्नुभयो ।
मल आपूर्ति गरिरहेका कृषि सामाग्री र साल्ट टे«डिङ कर्पोरेशनसँग अहिले पोटास बोहक अन्य मल उपलब्ध छैन । डिएपी मल न्यून मात्रामा पाइएपनि युरिया मलको भने हाहाकार छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: