
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
कैलाली । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै ५० प्रतिशत यात्रु बोकेर जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको छ । यस्तै बजार क्षेत्रमा पनि पसलहरु खोल्न अनुमति दिइएको छ । प्रशासनले भीडभाड नगरी निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो गरेको हो ।
होटल, रेस्टुरेन्टहरूले होमडेलीभरी र टेकअवे सेवा दिने गरी सञ्चालन गर्न पाइने छ । सेवाग्राहीको बढी भीडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादनबाहेक सेवा बन्द नै हुने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताउनुभयो ।
बैंक वित्तीय संस्थाले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउनेछन् । सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ । यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटीपार्लर, सैलुनलगायतका सेवा साथै बन्द नै रहने छन् । मेलाजात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्