- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । उनीहरु लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरुंगेमा कार्यरत रहेको बताइएको छ ।
शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण देखिएपछि थप २४५ जनाको कोरोना परीक्षण गरिएको थियो ।यसअघि डोटीमा कार्यरत २१ जना सैनिकमा पनि एकैदिन कोरोना संक्रमण देखिएको थियो ।